१ साउन, काठमाडाैँ । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालको आज सम्पन्न १३औँ वार्षिक साधारणसभाले राजेन्द्र पहाडीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । उक्त अभियान शिक्षाका लागि विश्वव्यापी अभियान (जिसिई) मा आबद्ध छ ।
समितिको उपाध्यक्षमा शुभेन्द्रमान श्रेष्ठ, महिला उपाध्यक्षमा सान्त्वना देवकोटा केसी, महासचिवमा सुदर्शन सिग्देल, सचिवमा टेकराज अवस्थी र कोषाध्यक्षमा जेनी राई चयन भएका छन् । सदस्यहरुमा क्रमशः डिल्लीराम सुवेदी (निवर्तमान अध्यक्ष), लक्ष्मी गौतम, दुर्गा गिरी, उषादेवी साह, अजयकुमार साह, डालबहादुर विक, नजबुल खान, विष्णुप्रसाद भण्डारी, कृष्णगोविन्द महर्जन, मानबहादुर ऐर, साजिद अली सिद्धिकी र रामप्रवेश साह रहेका छन् ।
साधारणसभाको उद्घाटन बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गरेका थिए ।