काठमाडाैं । १० बैशाख ( एजेन्सी ) – गर्मीमा पसिना बढी आउँछ र पसिना निस्किने ग्रन्थीका नलीहरु विभिन्न कारणले बन्द भइदिँदा छालामा चिलाउने वा नचिलाउने मसिना बिमिराहरु देखा पर्छन्, जसलाई हामी घमौरा भन्दछाैँ ।
घमौरा धेरैजसो घाँटीमा, काखीमा वा कापमा देखिने भएपनि कहिलेकाहिँ अन्य भागमा पनि देखिन्छन् । गर्मी वातावरण, बाक्लो लुगा, ज्वरो आउँदा घमौरा आउन सक्छन् । भर्खर जन्मिएका बच्चामा भने पसिनाको ग्रन्थी राम्रोसँग विकास भइनसकेको हुनाले घमौराको समस्या बढी देखिन्छ ।
यसरी बच्न सकिन्छ घमौराबाट :
बच्चालाई नुहाइसकेपछि पाउडर लगाउने ।
वयस्क मानिसहरूले गर्मीमा कसिलो कपडा नलगाउने ।
गर्मीमा नायलन र रेयानको कपडाबाट टाढाँ रहने ।
कूल कपडा, कटन वा लेनिनको कपडा मात्र विशेषगरि लगाउने ।
गर्मी मौसममा घमौरा आउँछ भने चन्दनको प्याक बनाइ राति सुत्नु भन्दा पहिला यसलाई शरीरमा लगाउने ।
यसो गर्दा शरीरको घमौरा धेरै मात्रामा कम हुन्छ ।
घमौरालाई कम गर्नको लागि क्याल्माइन लोशन लगाउन सक्नुहुन्छ । यसले घमौरा चिलाउँन कम हुन्छ ।
दिनहुँ बिहान उठेर खाली पेट २ चम्मच एलोभेरा जूसमा ८ देखि १० थोपा कागतीको रस मिलाएर चिसो पानीमा घोलेर खाँदा पनि घमौरा निस्कन पाउँदैन ।
गमिर्मा प्याजनियमित रूपमा सेवन गर्दा पनि घमौरालाई कंट्रोल गर्न सकिन्छ ।
निगालो जडीबुडी(Asparagus herb)लाई दुई मिलिग्राम तपाई चिसो पानीको साथ खानुहोस् । यसले तपाईको शरीरलाई चिसो राख्छ ।
बिहान–बेलुका नुहाएपछि नरिवलको तेलमा कपुर मिसाएर शरीरको मालिस गर्नाले घमौरा कम हुँदै जान्छन् ।
लसुनको पोटीलाई पिसेर लेप बनाई घमौरा आएको ठाउँमा दल्दा केही दिनभित्रै घमौराबाट मुक्ति मिल्छ ।