यस्ताे छ विश्वकै सबैभन्दा सानाे कम्प्युटर
शिक्षाखबर डेस्क
१७ बैशाख २०७५, सोमबार
no immg

आइबिएमले बनाएको कम्प्युटर त्यसभन्दा आधा सानो छ । यो सानो कम्प्युटरले आउँदो ५ वर्षमा प्रविधिको दुनियालाई पूर्णरुपमा बदल्ने दाबी कम्पनीको छ ।

के यति सानो आकारको कम्प्युटरले वास्तवमा अन्य कम्प्युटरले गर्ने काम गर्न सक्छ की देख्नका लागि मात्रै हो त ? यदि यस्तो सोँचाईमा हुनुहुन्छ भने ढुक्क बन्नुस् यो कम्प्युटरको स्टामिना तथा पर्फमेन्स दमदार छ । यो कम्प्युटरले पर्फमेन्सको आधारमा अरु ठूला कम्प्युटरलाई चुनाैति दिने कम्पनिले बताताएकाे छ ।

यो कम्प्युटरमा हजारौँ ट्रान्जिस्टर्सको प्रयोग गरिएको छ । साथै यसमा इन्टर्नल मेमोरी, पावर ब्याट्री, चिप, ३८६ पावर्ड प्रोसेसर, ४ एमबीको र्‍याम , एलइडीमा आधारित एक कम्युनिकेसन युनिट तथा फोटो डिटेक्टर पनि रहेको छ ।

यति सानो ग्याजेटमा यी सबै डिजिटल डिभाइस हुनुका कारणले यो कम्प्युटरले वास्तवमै राम्रो पर्फमेन्स दिन्छ । आगामी ५ वर्षभित्रमा यो कम्प्युटरलाई अझै सानो आकारको तथा शक्तिशाली बनाइने कम्पनीको योजना छ

प्रतिक्रिया