कालीमाटी बजारमा तरकारी र फलफूलको थोक मूल्य निर्धारण: कुनको मूल्य कति ? (विवरणसहित)
शिक्षाखबर डेस्क
३१ असार २०८३, बुधबार
no immg

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले असार ३१ गतेका लागि कृषिउपजहरूको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

बजारमा गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४५ रुपैयाँ, गोलभेँडा सानो (लोकल) १२ रुपैयाँ र गोलभेँडा सानो (टनेल) को मूल्य २० रुपैयाँ तोकिएको छ। यस्तै, भान्सामा बढी प्रयोग हुने रातो आलु (लाम्चो र गोलो) प्रतिकिलो ५० रुपैयाँ, मुढेको रातो आलु ४८ रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ, सेतो आलु ३० रुपैयाँ र भारतीय सुकेको प्याज प्रतिकिलो ५५ रुपैयाँ कायम भएको छ।

पछिल्लो मूल्य सूची अनुसार गाजर (लोकल) को थोक मूल्य १२० रुपैयाँ र गाजर (तराई) ९० रुपैयाँ छ। बन्दा (लोकल) ४० रुपैयाँ, काउली स्थानीय ६० रुपैयाँ, रातो मूला ३५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) २० रुपैयाँ, भन्टा लाम्चो ३५ रुपैयाँ र भन्टा डल्लो ७० रुपैयाँ निर्धारण गरिएको छ।

सागसब्जी र सिमीको मूल्य
समितिका अनुसार बोडी तने र मकै बोडी प्रतिकिलो ६० रुपैयाँ, घिउ सिमी (लोकल) ९० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) ७० रुपैयाँ तथा घिउ सिमी (राजमा) १२० रुपैयाँ पुगेको छ। त्यस्तै, तीते करेला ४० रुपैयाँ, लौका ४० रुपैयाँ, परवर (लोकल/तराई) ५० रुपैयाँ, घिरौँला ५० रुपैयाँ, पाकेको फर्सी ६० रुपैयाँ र भिन्डी ५० रुपैयाँमा थोक बिक्री भइरहेको छ।

सागजन्य वस्तुतर्फ रायो र पालुङ्गोको साग प्रतिकिलो ८० रुपैयाँ, चमसुरको साग ६० रुपैयाँ र तोरीको साग ५० रुपैयाँ तोकिएको छ। च्याउतर्फ कन्य च्याउ प्रतिकिलो २६० रुपैयाँ, डल्ले च्याउ ४२० रुपैयाँ र सिताके च्याउको मूल्य १ हजार रुपैयाँ कायम छ।

फलफूल, मसला र माछाको मूल्य
फलफूल बजारमा स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, केरा (नेपाली) प्रतिदर्जन २५० रुपैयाँ, कागती १६० रुपैयाँ, अनार ५०० रुपैयाँ र मालदह आँप १५० रुपैयाँ तोकिएको छ।

यसैगरी अदुवा प्रतिकिलो २०० रुपैयाँ, हरियो लसुन र धनियाँ १०० रुपैयाँ, नेपाली सुकेको लसुन १८० रुपैयाँ तथा चाइनिज सुकेको लसुन २२० रुपैयाँ निर्धारण गरिएको छ। ताजा माछातर्फ रहु प्रति केजी ३४० रुपैयाँ, बचुवा ३०० रुपैयाँ र छडी माछा ३०० रुपैयाँ कायम भएको छ। (रासस)

प्रतिक्रिया