नेपालको स्वास्थ्य अवस्थाको सुधार कसरी गर्ने
बासुदेव सापकोटा, चितवन
हाल :North South University Dhaka
लामो समय अगाडि हजारौं मानिसहरू प्लेग ,औलो, बिफर, क्षयरोग जस्ता रोगहरू कारणले जीवन गुमाउनुपर्थ्यो । यस्ता अनेकौँ त्यतिबेलाका घातक रोगहरूबारे ज्ञान नहुँदा ठुलै समस्या भोग्नुपरेको थियो । हाल अहिले चिकित्साशास्त्रले धेरै नै फट्को मारेको छ नयाँ.नयाँ उपचार प्रबिधिबाट उपचार सुरु भैसकेको छ तर अहिले विलासी जीवन तथा खानपानको कारणले नया किसिमको रोगहरुले समस्या बनाउदै लगेको छ । उच्च रक्तचाप, चिनी रोग,अर्बुध, मुटु रोग आदि रोग जस्ता समस्या अहिले झनै बढ्ने क्रममा छन् ।
नेपालको संविधान २०७२ ले स्वास्थ्यलाई मौलिक हकअन्तर्गत राखेको छ। नेपालको स्वास्थ्य नीति २०७१ को रणनीति खण्डको उपदफाले पनि स्वास्थ्य सेवा बाट कोही वञ्चित हुन नपर्ने भनी प्रष्ट पारेको छ तर नेपाल सरकारले स्थानीय तहअन्तर्गत रहेका स्वास्थ्य संस्थालाई सेवामुखी बनाउन नसकेको देखिन्छ । नेपालको स्वास्थ्य अबस्ठा पहिलाको भन्दा सुधार उन्मुख देखियता पनि सुधार हुन सकेको छैन मृत्युदर, बिरामीदर, प्रजननदर,परिवार नियोजनदर , हस्पिटल प्रयोग दरमा केहि सुधार देखिएता पनि त्यो पर्याप्त देखिदैन अझै बोक्सी,मसान,भुत , पिचास भन्ने अन्धबिश्वास को कारण बिरामी भएको बेला अस्पताल नलगी उपचार गर्नको लागि गुरु, लामा, धामी,झाक्री,पाढे, पुरेत आदि बाट उपचार गर्ने जमात घटेको छैन हामीहरु सँग सुदुर र मध्यपश्चिम को छाउपडी प्रथा अजै बिधँमान् छ । छाउ गोठ मा सुतेकै कारण बार्षीक रुपमा कैयौं महिलाहरु बलात्कृत र सर्पको डसाइबाट निधन भैरहेका छन् हामीले रजस्वला एउटा नर्मल शारीरिक प्रर्क्रिया हो भनेर बताउन र चेतना अभिबृदि गर्न सकिरहेको छैनौ । अझ दुर्गम हिमाली एबम पहाडी भू.भाग को अबस्ठा चिन्ताजनक छ Paracetamol नपायर मान्छेहरु ज्यान गुमाउन बाध्य छन् । पहाडी तथा हिमाली भूभागमा सुत्केरी हुने अबस्थामा जटिलता भई समयमा यातायात को साधन नपाउदा केहि महिलाहरुको को ज्यान हरेक साल जाने गरेको छ । कैयौं बाल बालिका हरु कुपोषण को सिकार भईरहेका छन । खाद्य देखि दुध सम्म दैनिक उपभोग्य बस्तुहरुमा मिसावटए साथै राजमार्ग हरुको होटेल को खानाको अवस्था सारै चिन्ताजनक देखिन्छ । तरकारी हरुमा अत्याधिक बिषाधि प्रयोग को कारण खानै नहुने अवस्था छ । औषधि को गुणस्तर मापन नगरि बितरण गर्दा कति बिरामिले ज्यान गुमाउनु परेको छ।नेपालको विभिन्न शहरहरुको फोहोर ब्यवस्थापन् राम्रो नहुँदा बाटो मा फोहोर को दुर्गन्धले हिंड्न पनि नसक्ने अवस्था छ । तराईको भू.भाग हरुमा Dengue ,मलेरिया, Japanese Encephalitis जस्ता रोगहरूले कैयौं मानिस हरुको निधन भएको घटना सामान्य हुन लागिसकेका छन् । देशको पहाडी तथा हिमाली भूभागमा १ वडा बाट अर्को वड़ा पुग्नको लागि १ दिन पनि लाग्ने वड़ा रहेका छन् । त्यस्तो वडा हरुमा गाउ घर क्लिनिक चलाउन पनि समस्या भएको देखिन्छ ।ठुला रोगहरु (Cancer) अर्बुद , मिर्गौला को रोगहरु खर्चिलो हुने भएकोले गरिब जनताको लागि कस्टकर भैरहेको छ । उपचार गर्न नसकेर हजारौ मानिसहरु अकालमा ज्यान गुमाउन बाध्य छन् । बेला मौकामा देखिने विभिन्न किसिमका Sessional outbreak हरु ले पनि कैयौं मानिस हरुको निधन भयको समाचार आउने गरेको छ। जति हुनु पर्ने हो त्यति जनचेतना पुर्याउन सकेको अवस्था छैन । रोग लागेपछी उपचार गर्न भन्दा रोग लाग्न नै नदिनु उत्तम हुनेछ त्यसैले बढी भन्दा बढी जनस्वास्थ्य अधिकृतहरु परिचालन गरी चेतना अभिबृदि गर्नपर्ने होकी भन्ने जानाकारहरु बताउछन ।
यहा केहि निजि अस्पतालको ब्यापारीकरणले पनि हैरानी बनाइ सकेको छ । सेवा दिने नाम मा लुटतन्त्र मच्चाउने गरेका छन् । हाम्रो देशमा घांटी को सल्यक्रिया हुनु पर्ने ठाउमा Hysterectomy को सल्यक्रिया सम्म भएका घटना छन । बिदेशी औषधि कम्पनीहरु नेपाल भित्रिन को लागि स्वास्थ्य मन्त्रालय मा करोडौं को खेल चल्ने कुरा बेला मौकामा सुन्ने गरिन्छ् ।बजेट बिनियोजन भएको लामो समय हुँदा पनि हालसम्म औषधि खरिद भएको छैन ।नक्कली Doctor को बिग बिगी पनि उस्तै छ कैयौं नक्कली Doctor हरुलाई केही बर्ष अगाडि पक्राऊ पनि गरिएको हो । स्वास्थ्य जस्तो सम्बेदनशील क्षेत्रमा यस्तो हुनु भनेको बिडम्बनाको कुरा हो ।
सरकारी पर्याप्त कोटा नहुदा निजि मेडिकल कलेज हरुमा त ५० लाख तिरेर पनि MBBS/MS/MD जस्ता बिषय पढ्न नपाएर कैयौं बिद्यार्थी बिदेशीन बाध्य छन् । खर्च धेरै गरेर अध्यन गरे पनि रोजगारी सृजना छैन र थोरै तलबमा काम गर्न बाध्य छन् । Nursing/Health Assistant/BPH/MPH/ Lab/Radiography/ Pharmacy/Dental/CMA,जस्ता Technical बिषयहरुमा त रोजगारी को सृजना हुने कुनै सम्भावना नै छैन र हजारौ बिद्यार्थी बिदेशीन बाध्य छन् । राज्यको चाहिने जनशक्ति र उत्पादित जनशक्तिमा धेरै नै फरक देखिन्छ ।
हाम्रो स्वास्थ्य सस्थाको अवस्था पनि चिन्ताजनक नै देखिन्छ । स्वास्थ्य सस्थामा नत पर्याप्त मात्रामा औषधि भेटिन्छ नत परिवार नियोजन का साधन नै नत प्र्योग हुने औजारहरु नै । यहा कति स्वास्थ्य कर्मी एबम् Doctor हरु त महिनौ स्वास्थ्य सस्थामा नगई महिनाको १ चोटी नै हाजिर गरेको हल्ला सुनिन्छ । कैयौ ठाउँहरु मा त कार्यालय सहयोगीले नै स्वास्थ्य सस्था हेरिरहेको अवस्था कहिले काही समाचार मा आउने गरेको छ । स्वास्थ्य सस्थामा Autoclave बिग्रियको महिनौ भयता पनि stock मा नभएर पानीमा औजार पकाएर प्रयोग गरेको पनि उदाहरण हाम्रो अगाडी नै छन् । अब सरकारी काम कैले जाला घाम भन्ने उखान नै रहेको छ । १०-५ बजे सम्म सरकारी समय तोकिएता पनि २ बजे पछि स्वास्थ्य सस्थामा कर्मचारी कमै मात्रामा भेटिन्छन । दूर्गम् पहाडी तथा हिमाली जिल्लाहरुमा पर्याप्त मात्रमा stretcher को ब्यवस्था छैन जती पनि बितरण गरियको छ तिनिहरु गुणस्तर् हिन छन २ पटक बिरामी बोक्दा भाचिने गर्दछन ।
रात दिन भोक प्यास नभनी अहोरात्र खटिने स्वास्थ्य कर्मचारी हरु ले काम नगरेको पनि हैनन् तर कर्मचारी हरुले नत प्रयाप्त मात्रामा सेवा सुबिधा पाएका छन नत तालिम नै स्वास्थ्य कर्मी आफु बच्न मात्रै पुग्ने तलब बुझन बाध्य छन् । उनीहरुलाई घर परिवार कसरि चलाउने भने चिन्ताले सताइरहेको हुन्छ । त्यसैले निजि सस्था कता जागिर पाईन्छ भन्दै जागिर खोज्न बाध्य छन् । पर्याप्त स्रोत र साधन नहुदा प्रार्थमिक स्वास्थ्य केन्द्र हरुमा Doctor हरु बस्ने वातावरण नै छैन स्वास्थ्य कार्यालयमा Paracetamol , जिबनजल ,अनि Cotrimoxazole बाहेक केहिँ नहुने भएपछि अनि भौतिक पुर्बाधार अनि प्रयाप्त साधन र स्रोत नभएपछि बस्ने पनि कसरि । त्यसैले धेरै स्वास्थ्य सस्थामा Doctor दरबन्दी हुदा पनि पुग्न सकिरहेको अवस्था छैन । अझ स्वास्थ्य को पिल्लर भनेर चिनिने महिला स्वास्थ्य स्वयमसेविकाहरुको निम्ति प्रयाप्त भत्ता छैन महिला स्वास्थ्य स्वयमसेविका माथि लुटतन्त्र जस्तै भयको छ दैनिकी ज्याल मजदुरी गर्ने स्रमिक लेत दैनिकी १००० पाउने समयमा १ दिन को भत्ता जम्मा ४०० बुज्न वाध्य छन । Task shifting ले पनि गम्भिर समस्या ल्याएको देखिन्छ स्वास्थ्य कर्मचारी हरुमा अन्योल उत्पन्न भयको र सम्बन्धित बिषय र औजार को ज्ञान नहुँदा कर्मचारीहरुले हैरनी भोगी राख्नु परेको छ ।नयाँ नयाँ औजारहरु आयपनी प्र्याप्त तालिम र ज्ञान नहुँदा कर्मचारी हरु अन्योलमा पर्ने गरेको देखिन्छ। स्वास्थ्य क्षेत्रमा यती धेरै समस्या हुँदा पनि हाल सम्म राज्य पक्ष निरीह बन्दै गयको छ।
देश संघीयतामा गइसक्यो, मुलुक भर ७५३ स्थानिय तह बनिसक्यो। ६ महानगरपालिका, ११ उप. म. न. पा,२७६ नगरपालिकाए ४६० गाउपालिका, बनिसक्यो स्वास्थ्य क्षेत्रको विकासबिना समृद्ध नेपालको परिकल्पना असम्भव छ । अहिले पनि विकास हुन नसकेको वा सबै जनताको सहज पहुँचमा पुर्याउन नसकिएको स्वास्थ्य नै हो । त्यसैले अरुभन्दा बढी महत्त्व दिनुपर्ने र संवेदनशील ढंगले लिनुपर्ने हुन्छ । हाल देशमा स्थाइ सरकार आयको छ । अब देश बिकाश एबम स्वस्थ्य क्षेत्रको बिकाश मा छर्लङ्ग मार्ने जानकारहरु बताउँछन् । त्यसैले अब नेपालको स्वास्थ्य क्षेत्रमा निम्नलिखित सुधारहरु मा ध्यान दिन आवस्यक देखिन्छ।
1) हरेक पार्टीहरुले स्वास्थ्य मन्त्री एबम राज्य मन्त्री छान्दा स्वास्थ्य बिषय संग सम्बन्धित बिषय बिज्ञ वा स्वास्थ्य बिषयमा दक्खल ब्यक्ति चयन गर्ने ।
2) रोग लागेपछी उपचार गर्न भन्दा रोग लाग्न नै नदिनु उत्तम हुनेछ त्यसैले बढी भन्दा बढी जनस्वास्थ्य अधिकृतहरु परिचालन गरी चेतना अभिबृदि गर्ने ।
3) हरेक Private Medical College एबम हस्पिटल हरुलाई राष्ट्रियकरण गर्ने ।
4) स्वास्थ्य सम्बन्धि हरेक बिषय अध्यनको लागि निशुल्क अध्यन को ब्यवस्था गर्ने ।
5) हरेक स्वास्थ्यसस्थाहरुमा नेट को ब्यवस्था गरि electronic HMIS रिपोटिंग हरेक महिनामा गर्ने ब्यवस्था गर्ने ।
6) पहाडी तथा हिमाली जिल्लाहरुमा पर्याप्त मात्रामा गुणस्तरीय stretcher को ब्यवस्था गरिनु पर्ने ।
7) नेपालको दुर्गम तथा पहाडी/ हिमाली भूभागको भौगोलिक विकटता लाई मधयनजर गर्दै हरेक जिल्लामा आकस्मिक् औषधि तथा Blood Sample Collection को लागि कम्तिमा ३ ओटा मेडिकल ड्रोन कोब्यवस्था गर्ने ।
8) Docter वा अरु स्वास्थ्यकर्मीहरुलाई खान खान पुग्ने भन्दापनि दैनिकी चलाउन पुग्ने पर्याप्त तलब दिने र निजि मेडिकल Collegeहरुमा काम गरेको थाहा पाहिएमा हदै सम्मको कार्बाहि गर्ने ।
9) हरेक स्वास्थ्य कर्मीहरुलाई Standard Operating Procedure को किताब दिने र उपचार त्यो पद्दति अनुसार नभएको पाहिएमा कार्बाहि गर्ने ।
10) स्वास्थ्य बिमा हरेक नागरिक को लागि अनिबार्य गर्ने सम्पुर्ण रोगहरुको ५ लाख सम्मको उपचार खर्च बिमाले बेहोर्ने र अर्बुध (Cancer) मिर्गौला जस्ता ठुला रोगहरुको उपचार खर्च सरकारले निशुल्क गर्ने ब्यवस्था गर्ने ।
11) कर्मचारी स्वास्थ्य सस्थामा लामो समय बिना सूचना अनुपस्थिति भए छड्के चेक गर्ने गोप्य सूचना दिनेलाई पुरस्कृत गर्ने अनुपस्थित कर्मचारीलाई निस्काशन् गर्ने ।
12) स्वास्थ्य सस्था एबम स्वास्थ्य मा रहेको भ्रस्टचारी नियन्त्रण को लागि Social Audit नियमित संचालन गर्ने, बिलहरु Verify छड्के रुपमा गर्ने र यदि भ्रस्टचारी गरेको ठहरिमा हदै सम्मको कार्बाहि गर्ने ।
13) जनस्वास्थ्य अधिकृत 2 जन महा/उप पालिक र 1 जना नगर र गाउँ पालिका मा ब्यवस्था गर्ने ।
14) Industries हरु गाउँ र सहर को मानव बस्ती भन्दा अलि टाढा खोल्न लगाउने ।
15) स्वास्थ्य सस्था को नियमित Supervision, मोनीटोरिंग, र Evaluation गरिरहने गयल कर्मचारीहरु एबम नियमित हाजिरी नभयको देखियमा तुरुन्त निस्काशन् गर्ने ।
16) हरेक पालिका मा HMIS को लागि Statistical Assistant को ब्यवस्था गर्ने ।
17) स्वास्थ्य को पिल्लर भनेर चिनिने महिला स्वास्थ्य स्वयमसेविका हरुको निम्ति पर्याप्त ब्यवस्थापन् भत्ता बढाउने र जीवन यापनको निम्ति सहज बनाउने ।
18) तराईको लामखुट्टे ब्यवस्थापन् को लागि पानीको खाल्डोहरु पुर्न लगाउने, नियमित औषधीहरु छर्ने, झुलहरु को नियमित बितरण गर्ने ।
19) Newly Emerging स्वास्थ्य समस्या नियन्त्रण र खानपान नियन्त्रण , नियमित शारीरिक ब्यायाम को लागि जनचेतना स्कुल देखि गाऊ वडा सम्म पुर्याउने ।
20) हरेक पालिका मा X-ray र Ultrasound को ब्यवस्था सगै अरु ब्यवस्थापन् गरि Doctor हरु हरेक पालिका मा जाने वातावरण निर्माण गर्ने ।
21) हरेक पालिकाहरुमा १ वटा Physiotherapy सेन्टर को ब्यवस्था गर्ने ।
22) हरेक जिल्लाहरुमा १ वटा Research Unit/ सेन्टर को ब्यवस्था गर्ने ।
23) स्वास्थ्यकर्मीहरुको Task Shifting गर्दा सम्बन्धित बिषयमा पर्याप्त ज्ञान नहुने भयकोले Task Shifting को व्यवस्था खारेज् हुनु पर्ने ।
24) हरेक जिल्ला अस्पतालमा Culture को ब्यवस्था सहितको Lab को ब्यवस्था गर्ने ।
25) हरेक पालिकाहरुमा नया बढ्दै गयका Newly Emerging समस्या, निको नभएका रोगहरु लाई ध्यानमा राख्दै १ वटा योगा सेन्टर को ब्यवस्था गर्ने ।
26) स्थानीय स्वास्थ्य संस्थाको गुणस्तर सुधारको लागि स्थानीय जनसमुदायको सहभागितामा राम्रो अनुगमन समिति र कार्यसमिति बनाउनु पर्ने ।
27) फोहोर ब्यवस्थापन dumping को लागि छुट्टयाएको ठाउँ भन्दा अन्य ठाउमा गरेको पाईएमा कानुन बमोजिम कारबाहीको दायरामा ल्याउने ।
28) Doctor एबम् स्वास्थ्य् कर्मचारि बाट् उपचार मा लापर्बाहि भयको पाहिएमा कारबाही गर्ने ।
29) हरेक NGO/INGO को नियमित काम को अनुगमन र सरकारी तबर बाट नियमित तरिकाले । auditing को ब्यवस्था गर्ने र पारदर्शी काम नभयको पाहिएमा कारबाही गर्ने ।
30) हरेक स्वास्थ्य कर्मचारी लाई आफ्नो नजिकको भन्दा पनि आवश्यकता को आधारमा नियमित तालिम को ब्यवस्था गर्ने ।
31) हरेक पालिकामा बृदाहरु लाई ध्यान मा राखी geriatric सेन्टर को ब्यवस्था गर्ने ।
32) हरेक नागरिक को स्वास्थ्य रहन पाउने अधिकार सुनिस्चित गर्नको लागि नियमित बजार अनुगमन गर्ने खाध मिसावट गर्ने लाई कडा भन्दा कडा कारबाही गरि कानुनको दायरामा ल्याउने ।
33) नियमित औषधि ४ महिनाको stock कम्तिमा पनि स्वास्थ्य सस्थामा रहने गरि Demand/ supply chain maintain गर्ने ।
34) जाड, रक्सि, चुरोट तथा सुर्ती नियन्त्रण को लागि छुटै समिति गठन गर्ने बिदेशी रक्सिहरु चुरोट तथा सुर्ती मा रोक लगाउने, एउटा गाउपालिका या नगरपालिका या उप/ मह. नगरपालिकामा १ ठाउ बाट मात्र बेच्न पाउने बेवस्था गर्ने । होटेल हरुमा पूर्ण रुपमा बन्द गर्ने र धुम्रपान गर्न सार्बजनिक ठाउमा रोक लगाउने ।
35) पहाडी भू.भाग एबम दुर्गम भू.भाग लाई मध्यनजर गर्दै सुत्केरी अबस्थाको जटिलता, सिकिस्त बिरामी एबम Accident case हरुलाई हेलिकोप्टर को सहायताले सुगम एबम सुबिधा सम्पन्न अस्पतालमा निशुल्क पुर्याउन को लागि सहयोग गर्ने ।
36) नब प्रबेशी हरुलाई अनुभव का लागि कुनै निश्चित समयको लागि विभिन्न संघसंस्थामा Paid internship को व्यवस्था गर्न प्रोजेक्टहरु ल्याउने, अनुभब का लागि Volunteering गर्नुपर्ने बाध्यता हटाउने ।
37) आफ्नो छुट्टै मोबाइल एप्लिकेसन बनाई स्वास्थ्य सम्बन्धि जानकारी, ANC, PNC एबम खोप सम्बंधी जानकारी मोबाइल Application बाट नियमित जनता समक्ष पुर्याउने ।
38) स्वास्थ्यमा भैरहेको ब्यापारीकरण र College अनुसारको शुल्क को अनियमितता र रोजगारि सृजना बिषय लाई मध्यनजर गर्दै सरल र सहज वातावरण बनाउने र ब्यापारीकरण र शुल्क को अनियमितता गर्नेलाई हदै सम्मको कारबाही गर्ने ।
39 स्वास्थ्य सम्बन्धि पढाई हुने क्याम्पसहरु /University मा भौतिक पुर्बाधार को कमि पर्याप्त lab को ब्यवस्था नहुनु, O.J.T/Internship पर्याप्त नहुने क्याम्पसहरु /University हरुलाई कारबाहीको दायरामा ल्याई हदै सम्मको कार्बाहि गर्ने र सम्पुर्ण क्याम्पसहरु / University लाइ एकरुपता कायम गर्नमा सहयोग गर्ने ।
40) दुर्गममा केहि समय काम गरेका हरेक स्वास्थ्यकर्मी हरुलाई छात्रवृति मा अध्यन को ब्यवस्था गर्ने ।
41) जनस्वास्थ्य/ स्वास्थ्य बिज्ञ परिचालन गरि विभिन्न स्वास्थ्य सम्बन्धि अनुसन्धान गरि नया औषधी पत्तालगाउने महामारी हुन नदिने यदि भैहाले महमारी नियन्त्रण गर्ने।
42) Nursing/MS/MD /BPH/MPH/ lab/Radiography/ Pharmacy/Dental/ हरुको पढाई नेपालमै सर्बसुलभ र सहज तरिकाले गर्ने वातावरण सृजनाको लागि सहयोग गर्ने।
43) आफ्नो छुट्टै ब्लग वा वेबसाईट बनाई स्वास्थ्य सम्बन्धि लेखहरु, स्वास्थ्य सरोकारका बिषय, रिक्त दरबन्दी लगायत सम्पुर्ण जानकारी राख्ने।
44) हरेक जिल्ला मा बिज्ञ गठन र परिचालन गरि विपद पूर्व तयारी, Health awareness, बिपद ब्यवस्थापन, महमारि पूर्व तयारी र महमारि नियन्त्रण गर्ने।
45) अरु बिकसित देश सँग सहकार्य गरी Professional Exchange Program, Fellowship, Studentship,छात्रवृत्ति हरु ल्याउने धेरै भन्दा धेरै दक्ष जनशक्ति उत्पादन गर्ने ।
46) पेशामा नवप्रवेशी स्वास्थ्यकर्मीहरुको क्षमता बिकास गर्न विभिन्न क्षमता बिकास हुने कार्यक्रमहरु नियमित आयोजना गर्ने ।
47) औषधि प्रयोग गर्न भन्दा पहिले गुणस्तर् मापन् गरेर मात्र प्र्योग् गर्ने ।
48) बिदेशि औषधि बन्द् गरि नेपाल आफै औषधिमा अत्मनिर्भर् हुनु पर्ने र् बितरण गरेको पाहिएमा कारबाही गर्ने ।
49) जन प्रतिनिधिबाट् स्वास्थ्यकर्मी माथि हुने गरेको हस्तक्षप् एबम् शोषण बन्द गर्ने ।
50) हरेक जिल्लाहरुमा खाधान्न तथा बजार अनुगमन एबम राजमार्गको अनुगमन को लागि टोलिहरु खटाउने र राजमार्ग एबम होटेलहरुमा खुलाउने खाना चेक जांच गर्नको निम्ति Lab को ब्यवस्था गर्ने राम्रो एबम गुणस्तरिय नभएमा कडा कारबाही गर्ने ।
माथि उल्लेखित सुधारहरु गर्न सकियो भने समृद्ध Nepal निर्माणगरि हरेक नेपाली नागरिकलाई स्वास्थ्य राख्न्न सकिन्छ र मृत्युदर , बिरामिदर, प्रजननदर, परिवार नियोजन दर, हस्पि टल प्रयोग दर मा छर्लङ्ग मारी नमुना नेपाल निर्माण गर्न सकिन्छ । साथै आउदै गरेको NEPHAको चुनाव बाट उच्च नेतृत्व पैदा भइ स्वस्थ्य क्षेत्र को सुधारमा अग्रगामी भुमिका खेलोस सबै जनस्वास्थ्य कर्मी विद्यार्थी एबम पेशा कर्मीलाइ असल उमेदवार छनोट गर्ने साहस मिलोस चुनाबको शुभकामना
Reference:
1) 1) Devraj Regmi/भाडाको कोठामा रहेको अस्पताल अहेबको भरमा, यो भन्दा लाजमर्दो कुरा के हुन सक्छ र सरकार Swasthe khabar Patrika /Retrived 2018.
http://swasthyakhabar.com/news-details/23599/2018-04-0
सहयोग
कमल गौतम, सरला श्रेष्ठ , दुर्गा बजगाईँ, हरिकला थापा