एसईई परीक्षाको दुई विषयका प्रश्नपत्र परीक्षा हुनुअगावै सार्वजनिक गरेको आरोपमा एक शिक्षक सहित ६ जना पक्राउ परेका छन् । उनीहरुमाथि पक्राउपछि कारबाही सुरु भएको प्रहरीले जनाएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न भएकाहरुको विवरण सार्वजनिक गरेको हो ।
स्थानीय प्रहरीको सहयोगमा सीआएईवीले गरेको अनुसन्धानमा राजविराजका मनोज यादव, विष्णुदेव यादव, राजेश यादव, उमेश यादव, ब्रह्मदेव सुनरइत र दीपेन्द्र कुमार मण्डलले प्रश्नपत्र बाहि¥याउन भूमिका खेलेको पाइएको छ ।
आरोपीमध्ये मनोज शिक्षक हुन् भने ब्रह्मदेव र दीपेन्द्र कुमार प्रहरी जवान भएको बताइएको छ । चैत १४ गतेको विज्ञान र १५ गतेको सामाजिक विषयको प्रश्नपत्र परीक्षा सुरु हुनुअगावै उनीहरुले विभिन्न सामाजिक सञ्जालमार्फत आउट गरेका थिए ।
प्रश्नपत्र आउट भएसँगै प्रदेश २ को एसईईका सम्पूर्ण परीक्षा रद्द गरिएको थियो ।
-साभार : रातोपाटी