मंगलबार संघिय शिक्षा ऐनलाई मन्त्रिपरिषद् बैठकले पारित गरेर संसद्‌मा पठाउँछ: प्रधानमन्त्री प्रचण्ड
शिक्षाखबर डेस्क
१५ श्रावण २०८०, सोमबार
no immg

काठमाण्डौ – नेपाल सरकारका प्रधानमन्त्री सम्माननीय पुस्पकमल दाहाल प्रचण्डले यहि मंगलबार संघिय शिक्षा ऐनलाई मन्त्रिपरिषद् बैठकले पारित गरेर संसद्‌मा पठाउने बताएका छन् । आइतबार समाजवादी मोर्चानिकट विद्यार्थी संगठनहरूले आयोजना गरेको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री प्रचण्डले मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले पहिलो चोटी संघीय शिक्षा ऐन पारित गरेर संसद्‌मा पठाउने बताएका हुन् ।

कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले ” यो एउटा आफैमा गुणात्मक प्रकृतिको कदम हुनेछ र यसले शिक्षा क्षेत्रमा अहिले देखा परेका थुप्रै समस्याहरुलाई सम्बोधन गर्ने तागत त्यो ऐनले राख्ने छ ” भन्दै सोहि बैठकबाट लामो समय सम्म रिक्त रहेको त्रिभुवन विश्वबिद्यालय सेवा आयोग अध्यक्ष पनि नियुक्त गरिने समेत जानकारी दिएका छन ।

प्रतिक्रिया