इलाम / इलामको सन्दकपुर गाउँपालिकास्थित श्री श्याम्बल माध्यमिक विद्यालयले रिक्त रहेको शिक्षक पदका लागि सरुवा सहमति माग गर्दै सूचना प्रकाशित गरेको छ।
विद्यालय प्रशासनले एक सूचना जारी गर्दै आधारभूत तह (निम्न माध्यमिक) तृतीय श्रेणीको अंग्रेजी विषयको रिक्त दरबन्दी पदपूर्तिका लागि इच्छुक स्थायी शिक्षकहरूबाट आवेदन आह्वान गरेको हो।
शिक्षा नियमावली, २०५९ (दशौँ संशोधन, २०८३) को सरुवा सम्बन्धी व्यवस्था बमोजिम यो सरुवा प्रक्रिया अगाडि बढाइएको विद्यालयले जनाएको छ। इच्छुक र योग्य शिक्षकहरूले सूचना प्रकाशित भएको मिति (२०८३/०३/३०) ले १५ दिनभित्र आवश्यक कागजातसहित विद्यालयमा आवेदन दिनुपर्नेछ।



