काठमाण्डौ चैत्र २१/ ओएसिस कलेज प्रकरणका पिडित बिद्यार्थीहरुले सुरुवातबाट नै आफ्ना समस्याहरुलाई आम सरोकारवालाहरु माझ पुर्याइ घटनाको सत्य तथ्य अध्ययन गरि निरन्तर फलोअप सहित सबैलाई सुचित गरेकोमा शिक्षाखबरलाइ बिशेष धन्यबाद दिएका छन ।
आज फेसबुकमा पोस्ट गरि पिडित बिद्यार्थी द्वय तनुजा श्रेष्ठ र शोभा अर्यालले समस्या सामाधान नहुन्जेल सम्म निरन्तर सहयोगको अपेक्षा गर्दै शिक्षाखबर.कम, अन्नपूर्णपोस्ट,सगरमाथा टेलिभिज, न्युज २४ टेलिभिजन, रिपोर्टर्स क्लब नेपाल लगाएतका मिडिया र संयुक्त्त बिद्यार्थी संगठनलाइ धन्यबाद पनि दिएकी छन् । पोस्टमा यो प्रकरण संग सम्बन्धित समाचारका स्क्रिनशटहरु पनि समाबेस गरिएका छन् । पिडित विद्यार्थीहरु तनुजा श्रेष्ठ र शोभा अर्यालले ४ बर्षे bsc nursing सकेर पनि काउन्सिल को १८औ नर्सिङ लाइसेन्स परिक्षा बाट वन्चित भएका थिए भने कलेजमा अध्ययनरत १०० बढी बिद्यार्थी यो समस्याको सिकार हुदैछन ।
पुर्बान्चल बिश्वबिद्यालय र नर्सिङ दुबैले गठन गरेका आ-आफ्ना अनुगमन समितिले छुट्टा-छुट्टै प्रतिबेदन आफ्नो निकाएमा पेश गरिसकेको खबर छ ।
मन्त्रालयले बिश्वबिद्यालय,परिषद र कलेज संग छुट्टाछुट्टै छलफल गरिरहेको र अब छिट्टै समस्या समाधानका लागि संयुक्त छलफल राख्ने स्रोत बताउछ ।
यो पनि अध्ययन गर्नुहोस:-
ओएसिस कलेजको अनुगमन सकेर अनुगमन टोलि काठमाण्डौं फिर्ता
संयुक्त्त बिद्यार्थी संगठनद्वारा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको ध्यानाकर्षण
विद्यार्थीलाइ अँध्यारोतर्फ घचट्दै पुर्बान्चल बिश्वबिद्यालय
समाचार प्रभाब: ओएसिस कलेज सम्बन्धनको सन्दर्भमा पुर्बान्चल बिश्वबिध्यालयद्वारा छानबिन समिति गठन